३१ भाद्र २०८१, सोमबार | September 17, 2024

चिनियाँ राजदूत सङले त्रिशुलीमा हराएको चुम्बक भेट्न चुनौती दिएपछि…


913
Shares

काठमाडौं, १४ साउन । नेपालका लागि चिनियाँ राजदूत चेन सङ विवादस्पद अभिव्यक्ति र गतिविधिले चर्चामा आइरहन्छन् । उनले आइतबार त्रिशुलीमा हराइरहेको बसहरुको खोजी जस्तो मानवीय विषयमा दिएको अभिव्यक्ति विवादमा परेको छ ।

त्रिशुलीमा एक हप्ता बसहरु र शव खोज्न भारतीय विज्ञ टोली पनि आएको थियो । टोलीले बस फेला पार्न सकेन बरु आफूसँग ल्याएको चुम्बक नै नदीमा हरायो । चुम्बक हराएको भोलिपल्ट टोली फर्कियो । त्यसप्रति व्यङ्ग्य गर्दै सङले चुम्बक खोज्न चुनौती दिदै ट्वीट गरे । यसको सामाजिक सञ्जालमा निकै आलोचना भएको छ । तर, राजदूत सङले यस्तो ट्वीट हटाउने चासो समेत देखाएका छैनन् ।

राजदूत सङले विवादास्पद ट्वीट गरेको भोलिपल्टै चुम्बक फेला परेको छ । नेपालका सुरक्षाकर्मीले त्रिशुलीमा बस खोजीमा प्रयोग भएको चुम्बक फेला पारेका हुन् ।

प्रतिक्रिया