३१ भाद्र २०८१, सोमबार | September 17, 2024

हिन्दू स्वयंसेवक संघको देशव्यापी गुरु दक्षिणा समर्पण उत्सव


5.2k
Shares

काठमाडौं, १२ साउन । हिन्दू स्वयंसेवक संघको देशभर गुरु दक्षिणा समर्पण उत्सव चलिरहेको छ । देशका ७७ जिल्ला र सबैजसो पालिकाहरुमा कार्यक्रम चलिरहेको हो ।

गुरु पूर्णिमाको दिन देखि एक महिनासम्म गुरु दक्षिणा समर्पण चल्ने संघले जनाएको छ । संघले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न पालिका र वडा तहसम्म गुरु दक्षिणा समर्पण कार्यक्रम गरेको छ ।

ललितपुरको भैंसेपाटी, इमाडोल र लुभुमा यसै हप्ता कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको गुहेश्वरीलगायत विभिन्न पालिकाहरुमा कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं बाहिर पनि गुरु दक्षिणा समर्पण सञ्चालन भइरहेको छ । गुरु दक्षिणा स्वयंसेवक तथा संघको सेवामा सहयोग गर्दै आएकाले समर्पण गर्दै आएका छन् । यो एक महिनाबाहेक संघले कुनैपनि व्यक्तिगत या संस्थागत चन्दा तथा आर्थिक सहयोग नलिने बुझिएको छ ।

संघले गुरु दक्षिणाबाट संकलित अर्थ वर्षभर संघको सेवा कार्यमा खर्च गर्दछ । संघको सेवा हिन्दू धर्म र समुदायको हितमा खर्च हुने भएकाले समर्पण गर्नेहरु बढ्दै गएका छन् । खर्च पारदर्शी हुनुले पनि संघप्रति आस्था झन् बढेको देखिन्छ ।

प्रतिक्रिया