२३ भाद्र २०८१, आइतबार | September 8, 2024

त्रिशुलीमा हराएको बस देखिएपछि…


16k
Shares

काठमाडौं, १२ साउन । त्रिशुलीमा हराएको दुईवटा बसमध्ये एउटा बस केराबारीमा देखिएको छ । बस त्रिशुलीको बीच भागमा देखिएको र यकिन हुन बाँकी रहेको बुझिएको छ ।

नदीको बहाव घटेपछि त्रिशुली नदीको बीच भागमा बस देखिएको हो । हराएकोमध्ये कुन बसको कुन भाग हो गोताखोरले आइतबारसम्म पत्ता लगाउने बुझिएको छ ।

त्रिशुलीमा २८ असारमा हराएको बस अझै फेला परेको छैन । बसमा सवार ६५ यात्रुमध्ये ३ सकुशल निस्किएका थिए । बाँकी ६२ मध्ये २५ यात्रुको शव फेला परेको छ । बाँकीको अवस्था अज्ञात छ ।-File Photo: Nepal Army

प्रतिक्रिया