२३ भाद्र २०८१, आइतबार | September 8, 2024

सुजाताले गरिन् शेखर कोइरालालाई सभापतिमा समर्थन,कोइराला परिवार सबै एक हुने दाबी


2.2k
Shares

काठमाडौं,१२ साउन । पूर्व पराराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसले विपि कोइरालाको आदर्श र सिद्धान्त छाडेकोमा चिन्ता व्यक्त गरेकी छिन् । कांग्रेसले गिरीजाप्रसाद कोइरालाको सहमति र सहकार्यको अवधारणालाई अबलम्बन गर्न नसक्दा कांग्रेसले दुर्गती भोग्नु परेको उनको भनाइ थियो ।

कांग्रेस पुर्व जिल्ला सभापतिहरुले आयोजना गरेको ४२औं विपि स्मृति सप्ताहन्तका अवसरमा शनिबार आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भनिन् ‘ कांग्रेसले राष्ट्रियता,प्रजातन्त्र र समाजवादलाई अबलम्बन गरी सहमति र सहकार्यका साथ अगाडी बढ्न सबै कार्यकर्तालाई आग्रह गर्दछु ।’ कोइरालाले आगामी १५औं महाधिवेशनमा डा.शेखर कोइरालालाई समर्थ गर्ने उद्घोष गर्दै सम्पुर्ण कार्यकर्तालाई पनि सहयोग र समर्थन गर्न पनि अपिल गरेकी छिन् । ‘ ‘बीपीले परिकल्पना गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद केही पनि नरहेको अवस्थामा शेखरले केही हदसम्म त्यो प्रयास गर्नुभएको छ,उहाँलाई सबैले खुलेर समर्थन गर्नुपर्छ ।’–उनले भनिन् ।

सो कार्यक्रममा गण्डकी प्रदेशको तर्फबाट बोल्दै नेता रघुनाथ पौडेलले अबको परिस्थितिमा कांगेसलाई शसक्त र जिवन्त राख्न शेखर कोइरालाको नेतृत्व आवश्यक रहेको उल्लेख गरे । उनले डा.शेखर कोइरालालाई नीति र कार्यक्रम (रोडम्याप) सहित सबै साथीहरुको सहमतिमा निर्णयमा पुग्ने परम्परा बसाउनु सुझाव दिए ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति भुपेन्द्र थापाको सभापतित्वमा भएको कार्यक्रममा बाग्लुङका पूर्व सभापति प्रकाश पौडेलले उद्घोषण, ओखलढुङ्गाका पूर्व सभापति गोमा केसीले स्वागत मन्तव्य राखेका थिए भने । सर्लाहीका पूर्व सभापति लक्ष्मण राय,गुल्मीमा पूर्व सभापति त्रैलोक्य प्रताप सेन,डोटी पूर्व सभापति भरत खड्का,मुगुका निर्वतमान सभापतिलगायतले आफरनो धारणा राखेका थिए ।

कार्यक्रममा एक हजार भन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति थियो भने उपस्थित सबैलाई खीर खुवाउने कार्यक्रम पनि रहेको थियो ।

 

प्रतिक्रिया