२२ भाद्र २०८१, शनिबार | September 8, 2024

सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने युवतीको ‘यु टर्न’


3k
Shares

काठमाडौं, ११ साउन । क्रिकेट स्टार सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने युवती यु टर्न भएकी छिन् । उनले आफूमाथि बलात्कार नै नभएको भन्दै सर्वोच्च अदालतमा निवेदन नै दिएकी छिन् ।

विश्वस्त स्रोतका अनुसार गौशाला २६ नाम दिइएकी युवतीले यसै हप्ता निवेदन दिएकोमा गैर सरकारी संस्थाको दबाबमा परेर जोही दिएको उल्लेख गरेकी छिन् । उनले सर्वोच्च अदालतमा सन्दीप विरुद्धको मुद्दामा पुनरावेदन नगर्न समेत अनुरोध गरेकी छिन् ।

जिल्ला अदालतमा बलात्कारको अभियोगमा सन्दीपले मुद्दा हारेपनि पुनरावेदन अदालतबाट सफाई पाएका थिए । यो घटनापछि सरकारी वकिलको कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्ने तयारी गरिरहँदा गौशाला २६ ले पछिल्लो कदम चालेकी हुन् ।

क्रिकेट स्टार लामिछानेविरुद्ध बलात्कारको मुद्दाले उनको करिअरमा धक्का परेको छ । उनी विश्वकप क्रिकेट खेल्न जानलाग्दा अमेरिकाले भीसा नै दिएन ।

२१ भदौ २०७९ मा सन्दीपविरुद्ध १८ वर्ष मुनीकी युवतीका परिवारले बलात्कारको आरोपमा जाहेरी दिएका थिए । त्यसपछि विदेशमा लुकेका सन्दीपलाई २० असोज २०७९ मा विमानस्थलबाट पक्राउ गरिएको थियो । १८ कात्तिमा र्पुपक्षका लागि थुनामा पठाउने आदेश काठमाडौं जिल्ला अदालतले दिएको थियो ।

प्रतिक्रिया