२२ भाद्र २०८१, शनिबार | September 8, 2024

सौर्य एयर दुर्घटनामा ज्यान गुमाएका १८ जनाको पोष्टमार्टम, परिवारले शव बुझ्लान् ?


913
Shares

काठमाडौं, ११ साउन । सौर्य एयरको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको पोष्टमार्टम सकिएको छ । सबैको शव पहिचान भइसकेकाले परिवारलाई बुझाउने जनाइएको छ ।

मुख्य पाइलट मनिष शाक्यबाहेक सबैले ज्यान गुमाएको घटनामा क्षतिपूर्तिमा परिवारको चासो देखिएको छ । क्षतिपूर्ति यकिन भइसकेपछि मात्र शव बुझ्नेबारे निर्णय लिने गरी मृतकका परिवारहरुले अडान लिएका छन् ।

बुधबार विहान मर्मतका लागि पोखरास्थित हयांगरमा लानलाग्दा विमान दुर्घटनामा परेको हो । विमानमा सौर्य एयरका कर्मचारी र परिवारका सदस्य सवार थिए ।

विमान एक महिनायता मर्मत गर्नुपर्ने भन्दै उडाइएको थिएन । त्यस्तो विमान किन उडाइयो भन्ने प्रश्न उठेको छ ।-Photo Source: Nepal Army

प्रतिक्रिया