२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

लीलादेवी गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव


1.9k
Shares

काठमाडौं, १० साउन । लीलादेवी गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छिन् । उनलाई मन्त्रिपरिषदको बैठकले बिहिबार मुख्यसचिवमा नियुक्त गरेको हो ।

यसअघिका मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भई निलम्बन पछि सरकारले विशेष पद सृजना गरी सरुवा गरेपछि गड्तौलालाई कामु मुख्यसचिव बनाइएको थियो ।

यसैगरी, शिवराज अधिकारी योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् । उनी अर्थशास्त्रका त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका पूर्व प्रमुख हुन् ।

प्रतिक्रिया