२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

भारतको राजदूतमा डा. शर्माले निरन्तरता पाउने


830
Shares

काठमाडौं, १० साउन । भारतका लागि राजदूतमा डा. शंकर शर्माले नै निरन्तरता पाउने भएका छन् । ओली सरकारले उनलाई नै निरन्तरता दिने निर्णय लिने बुझिएको छ ।

यसअघि ओली सरकारले शर्माको कार्यकाल केही समय थप गरेको थियो । प्रचण्ड सरकारले उनलाई फिर्ता बोलाएर लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिश गरेको थियो । उनी एमालेको कोटामा परेका थिए अघिल्लो सरकारमा ।

एमाले र काँग्रेस गठबन्धनको नयाँ सरकार बनेपछि परिस्थिति बदलिएको छ । यसअघि ओलीकै दबाबमा भारत, अमेरिकालगायत काँग्रेसको कोटामा परेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको थियो ।

प्रतिक्रिया