२२ भाद्र २०८१, शनिबार | September 8, 2024

मन्त्रालयको भागवण्डा नमिलेपछि रोकियो लामाको मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्यक्रम


415
Shares

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले दाबी पेस गर्ने भनिएको कार्यक्रम आजको लागि स्थगित भएको छ । बिहान १० बजेको समय निर्धारण गरिएपनि मन्त्रीहरुको भागवण्डा नमिलेपछि अन्तिम समयमा कार्यक्रम स्थगित भएको एक नेताले बताए ।

अब लामाले भोलि अर्थात मंगलबार मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् । प्रदेश प्रमुखले दिएको समय सीमा बाँकी नै रहेको र थप तयारी गर्नुपर्ने भएकाले अहिलेका लागि कार्यक्रम स्थगित गरिएको हो ।

कांग्रेस-एमाले गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका लामाले मंगलबार बिहान १०/११ बजे मुख्यमन्त्रीमा दाबी गर्नेछन् ।

एमाले सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा पछि प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि साउन ८ गते साँझ ५ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका हुन् ।

 

प्रतिक्रिया