२२ भाद्र २०८१, शनिबार | September 8, 2024

पूर्वमन्त्री रायको हत्या कस्ले गर्यो ?


830
Shares

काठमाडौं, ७ साउन । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्याबारे प्रहरीले अनुसन्धान बढाएको छ । गएराति सर्लाहीको चन्द्रनगरस्थित घरमै हत्या गरिएका रायसँग निकट रहेका र अन्य व्यक्तिबारे अनुसन्धान केन्द्रित रहेको बुझिएको छ ।

सोधपुछका लागि उनको घरमा काम गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको कारण पत्ता लगाएर संलग्नलाई पनि पक्राउ गर्ने उद्देश्यका साथ अनुसन्धान बढाएको बुझिएको छ ।

राय ८० वर्षका थिए । उनी टाउकोमा चोट लागेको अवस्थामा भेटिएका थिए । प्रहरीलाई खबर गरेपछि उनी मृत भएको पत्ता लागेको थियो ।

रायको घरमा काम गर्ने व्यक्तिले प्रहरीलाई दिएको जानकारी अनुसार राति तीनजना व्यक्ति भेट्न भनेर आएका थिए । हत्यामा प्रयोग भएको हतियार घरनजिकै फेला परेको छ ।

सुर्यबहादुर थापा प्रधानमन्त्री हुँदा राय राज्यमन्त्री बनाइएका थिए । उनी राप्रपाको उपाध्यक्ष उम्मेदवार पनि थिए गत महाधिवेशनमा ।

प्रतिक्रिया