८ आश्विन २०८१, मंगलबार | September 24, 2024

चौतर्फी असहयोगका बीच धर्मदेवी नगरपालिकाका मेयर पौडेलले ल्याए जनप्रिय बजेट


2.4k
Shares

काठमाडौं,६ साउन । संखुवासभाको धर्मदेवी नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ को बजेट पास गरेको छ । असार महिनाको दोस्रो सातामा नगरसभाको बैठकमा वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो ।

मेयर उदयचन्द्र पौडेलले चौतर्फी असहयोगका बाबजुद पनि ४५ करोड बढीको बजेट पास गराउन सफल भएका हुन् । पौडेलले बजेट पास गर्नका लागि पटक–पटक नगरसभा बोलाएपनि कार्यपालिकाका सदस्यहरु उपस्थित नभइदिएर असफल गराइदिन खोजको बताए । उनले भने,‘जनता लक्षित,जनप्रिय कार्यक्रमहरु ल्याएकै कारण मलाई असफल बनाउन खोजियो, तर पनि बजेट पास गर्न सफल भइयो ।’

बजेट तथा आर्थिक विधेयक पास नहुँदा नगरपालिका बजेटविहिन हुन लागेको थियो । मेयर पौडेलका अनुसार ४५ करोड बढीको बजेटले मुख्य रूपमा विपद् नियन्त्रणलाई पहिलो प्राथमिकता दिएको छ भने शिक्षा,स्वास्थ्य,सडक,सम्पदा संरक्षणलाई बढी प्राथमिकता दिएको छ । सामाजिक सुरक्षा, कृषि, रोजगारी, भौतिक पूर्वाधारलगायतका क्षेत्रलाई केन्द्रित गरेको छ । नगरपालिकाले ल्याएको बजेट लोक कल्याणकारी र जनप्रिय खालको छ ।   बजेटले नगरवासीको मन जित्न पनि सफल हुने आशा गरिएको छ । धर्मदेवी नगरपालिकाका बासिन्दाहरुका लागि यो बजेटले धेरै आशा जगाएको छ ।

यस्तै आर्थिक वर्ष २०८१र०८२ को लागि अनुमानित बजेट, योजना तथा कार्यक्रमसहितको विनियोजन विधेयक २०८१ पारित गरिएको छ ।

 

प्रतिक्रिया