२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सरकार फेरिएलगत्तै प्रहरीमा जिल्ला इन्चार्जको सरुवा


1.4k
Shares

काठमाडौं, ५ साउन । सरकार परिवर्तन भएको एक हप्ता नबित्दै नेपाल प्रहरीमा जिल्ला इन्चार्जहरुको सरुवा हुन थालेको छ । प्रहरी मुख्यालयले काज सरुवा निकालेको हो ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले सरुवामा चासो राखेका थिए ।

तनहुँको जिल्ला प्रमुखमा वीरेन्द्रबहादुर शाही र उदयपुरमा हरिहरनाथ योगी पठाइएका छन् । उनीहरु पश्चिम नेपाल स्थायी घर भएकाहरु हुन् । गृहमन्त्री लेखकको चाहना अनुसार उनीहरुको सरुवा भएको हो ।

सरुवा भएको ४ महिनामै एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा कार्यालय सुर्खेतमा तानिएका छन् । त्यहाँ कार्यरत राम प्रकाश शाहलाई राष्ट्रिय सुरक्षा परिषद् तानिएको छ ।

उदयपुरका एसपी रमेश थापा उदयपुरबाट नक्शालस्थित हेडक्वार्टरमा तानिएका छन् । उनी ओलीनिकट मिडियाव्यवसायी रामेश्वर थापाका भाई हुन् ।

आइजीपी वसन्त कुँवर सरकार फेरिएलगत्तै बालुवाटा र बुढानिलकण्ठको दबाबमा पर्न थालेका छन् । प्रहरीभित्र जिल्ला इन्चार्ज र आकर्षक ठाउँहरुमा सरुवाको दबाब बढ्न थालिसकेको छ । दशैं अघिसम्म ठूलो संख्यामा काज सरुवा चल्ने बुझिएको छ ।

प्रतिक्रिया