२२ भाद्र २०८१, शनिबार | September 8, 2024

सैनिक कल्याणकारी कोषमा पौने एक खर्ब, फाष्ट ट्रयाक २०८३ मा आधा पनि नबन्ने


1.2k
Shares

काठमाडौं, ४ साउन । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा पौने एक खर्ब जम्मा भएको छ । नेपाली सेनाले कोषमा ७५ अर्बभन्दा बढी नगद रहेको जानकारी दिएको हो ।
जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाको नगद मौज्दात ७५ अर्ब ९० करोड रहेको जानकारी दिइयो । दश वर्ष अघि ३० अर्ब नगद मौज्दात रहेकोमा दोब्बरभन्दा बढी वृद्धि भएको छ ।
सेनाले फाष्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति ३५ प्रतिशत भएको जानकारी दियो । फाष्ट ट्रयाकका निर्देशक विकास पोखरेलले १३ वटा निर्माण प्याकेजहरुमध्ये प्याकेज नं ११ को ठेक्का प्रक्रिया बढ्न नसकेको उल्लेख गर्दै २०८३ भित्र निर्माण पूरा नहुने संकेत गरे ।
फाष्ट ट्रयाक २०७४ मा सुरु भएको हो । २०८१ मै निर्माण पूरा गर्नुपर्नेमा समयावधि थपिएको हो । फेरि समयावधि थपिए लागत बढ्ने पोखरेलले बताए । यस हिसाले २०८३ मा फाष्ट ट्रयाकको निर्माण आधा पनि पूरा नहुने देखिएको छ ।

प्रतिक्रिया