२२ भाद्र २०८१, शनिबार | September 8, 2024

त्रिशुलीमा अहिलेसम्म कति सवारी र मान्छे वेपत्ता


332
Shares

काठमाडौं, ३ साउन । त्रिशुलीको भेल यति कडा छ कि यसले ठूला सवारीलाई पनि बगाएर लैजान्छ । त्रिशुलीको गहिराई पनि त्यस्तै छ कतिपय गाडी र मान्छे वेपत्ता पारेको छ ।

त्रिशुलीमा कति सवारी खसे कति वेपत्ता भए त कति भेटिए । तर, त्रिशुलीमा खसेका मान्छेहरु भने धेरै वेपत्ता भएको तथ्यांक छ ।

२०७३ साल असोजमा मा मुक्तिनाथ दर्शन गरेर फर्किका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका दुई भाई प्रकाश र मनमोहन त्रिशुलीमा जीप खस्दा वेपत्ता भए । उनी चढेको जीप पनि भेटिएन ।

त्रिशुलीमा २०४९ मा वेपत्ता बस र ४२ जना यात्रुको अवस्था अझैसम्म अज्ञात छ । यात्रुको न सास भेटियो न त लास ।

२०७४ मा खसेको जीपका ४ यात्रुको शव त्रिशुलीमा भेटिएपनि जीप भेटिएन । सोही वर्ष खसेको ट्रक अझै वेपत्ता छ ।

२०७९ मा त्रिशुलीमा खसेको ट्याक्टर र चालक अझै फेला परेका छैनन् । सोही वर्ष खसेको ट्रक भेटिएन तर चालक सकुशल निस्कन सफल भए ।

२८ असारको यसै वर्ष दुईवटा यात्रुबस त्रिशुलीमा खस्यो । गोताखोरसहित आधुनिक उपकरणले खोज्दा पनि बस फेला परेको छैन । यात्रुहरुमध्ये केहीको शव फेला पर्यो ।

त्रिशुलीको पानीको गति तिव्र हुनाले सवारी साधन बगाउने या टुक्रा भएर छरिने सम्भावना बढी हुन्छ । गहिराई पनि बढी भएकाले सतहमा खोज्न कठिन हुने र समयमै नभेटिदा बगाएर लानसक्छ ।

सवारी साधन त त्रिशुलीमा धेरै वेपत्ता भएका छन् । मोटरसाइकल त धेरै नै वेपत्ता भएका छन् । ४ दशकमा हजारौंको संख्यामा मानिसहरु पनि त्रिशुलीमा खसेर वेपत्ता भएको तथ्यांक छ ।

प्रतिक्रिया