ओलीको दबाबमा फिर्ता, ओली सरकारबाट २१ दिन थमौती
काठमाडौं, २ साउन । सत्ता राजनीतिले रोचक घटना विकास गर्छ । त्यस्तै भएको छ भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माको मामलामा ।
शर्मालाई फिर्ता बोलाउन केपी शर्मा ओलीले तत्कालीन प्रचण्ड सरकारलाई दबाब दिएका थिए । प्रचण्डले उनीसहित विभिन्न देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरे जो काँग्रेसको कोटामा नियुक्त भएका थिए ।
प्रचण्ड सरकार ढलेर ओली सरकार बनेपछि शर्माबारे ओली मन्त्रिमण्डलले निर्णय लिएको छ । अब उनी २१ दिन राजदूतका रुपमा अझै दिल्लीमा रहन पाउनेछन् । सम्भवत शर्माको थमौती हुनेछ त्यहाँ ।
ओलीले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई नियुक्तिको सिफारिश गर्न लगाएका थिए प्रचण्ड क्याबिनेटबाट । तर, नियुक्त भएका राजदूतहरुको कुनै सुनुवाई भएको छैन ।