प्रधानमन्त्री, परराष्ट्रमन्त्रीपछि उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौं, १ साउन । भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार विहान भेटे । उनले ओलीलाई बधाई दिन साँझ भेटेका थिए ।
मंगलबार विहान पनि श्रीवास्तव भेटमा व्यस्त रहे । उनले विहान परराष्ट्रमन्त्री आरजु राणासँग भेटे । त्यसपछि दिउँसो उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग भेटेका छन् ।
श्रीवास्तवले प्रभावशाली मन्त्रीहरुलाई पनि भेट्ने बुझिएको छ ।