अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

एजेन्सी, ३१ असार । अर्जेन्टिनाले कोपा अमेरिका कप फुटबलको उपाधि जितेको छ । कोलम्बियामाथि १-० को जित निकाल्दै अर्जेन्टिनाले उपाधि चुमेको हो ।
सोमबार विहान भएको खेलमा अर्जेन्टिनाका मार्टिनेजले अतिरिक्त समयको २२ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए ।
निर्धारित ९० मिनेटको खेल बराबर भएपछि अतिरिक्त समय थपिएकोमा अर्जेन्टिनाले गोल गर्दै जित निकालेको हो ।