ट्रम्पलाई गोली हानेपछिको तस्बिरको टी सर्ट सबै बिक्यो
एजेन्सी, ३० असार । डोनाल्ड ट्रम्पलाई गोली हानेको केही घण्टामै उनको तस्बिरसहितको टी सर्ट विक्री ह्वात्तै बढेको छ । चीनमा ट्रम्पले सुटिङपछि हात उठाएको तस्बिरसहितको टी सर्ट व्यापक विक्री भएको हो ।
चीनका कतिपय विक्रेताले केही घण्टामै हजारौं टी सर्टको माग भएको एजेन्सीहरुले जनाएका छन् । अनलाइनमा टी सर्ट सबै बिकेको देखाइरहेको छ ।
ट्रम्पलाई आइतबार विहान गोली प्रहार भएको थियो । उनको कानमा गोली लागेपछि हात उठाएर बोलेका थिए ।
ट्रम्पलाई गोली हान्ने व्यक्तिलाई त्यहाँको गुप्तचर संस्थाले मारिदिएका छन् ।