२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्रचण्डलाई सत्ताबाट झार्ने ओलीका दुई अस्त्र


1.1k
Shares

काठमाडौं, ३० असार । नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक एम्बुसमा पारिदिए यसपटक । ओलीले प्रचण्डलाई दुई विषयमा दबाब दिए । एक थियो चिनियाँ रणनीतिक योजना बीआरआई कार्यान्वयन सम्झौता र अर्को राजदूत फिर्ता ।

ओलीको दबाबले प्रचण्ड दंग परे । उनले खोजेकै थिए बीआरआई कार्यान्वयन सम्झौता । ओलीले नै दबाब दिएपछि त्यो सम्झौता हुनेमा ढुक्क भए । संसदमै पुगेर सहुलियत ऋणमा बीआरआई लिने सम्झौता हुने बताए ।

प्रचण्डको बीआरआई मोहले केही शक्ति झस्किए । विशेषगरी अमेरिका र भारत शतर्क भए । प्रचण्डलाई यी दुई शक्तिबाट अविश्वास गराउने योजनामा ओली सफल भए । त्यसको लाभ उनले लिए । बीआरआई कार्यान्वयन सम्झौता रोक्ने खेलहरु भए । जसका कारण प्रचण्डको सत्ता ढल्ने अवस्था बन्यो ।

अमेरिका र भारत जस्ता देशका राजदूत फिर्ता बोलाउन ओलीले नै दबाब दिएका थिए । त्यहाँ आफ्नो पार्टी निकटलाई नियुक्तिको सिफारिश पनि गर्न लगाए । यसमा पनि ओलीको चाल थियो ।

प्रचण्ड भारत भ्रमणमा जान लाग्दा राजदूत फिर्ताको निर्णयले कूटनीतिक रुपमा अपरिपक्व देखिए । काँग्रेसलाई चिढ्याउने कदम पनि थियो त्यो । जसका कारण काँग्रेस सभापति शेरबहादुर देउवा ओलीसँग नजिकिए । ओलीले थापेको एम्बुसमा प्रचण्ड परे ।

ओलीका लागि प्रधानमन्त्री पद हात पार्ने दाउपेच अन्तर्गतको दुई अस्त्र सफल भयो । प्रचण्डलाई नराम्रो धक्का लाग्यो यसले ।

प्रतिक्रिया