७ आश्विन २०८१, सोमबार | September 24, 2024

चितवन बस दुर्घटना : पीडित परिवारलाई क्षतिपूर्ति दिन महासचिव बानियाँको आग्रह


2.2k
Shares

काठमाडौं,२९ असार । बिहीबार बिहान बस दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन नेपाल ट्रक यातायात व्यवसायी महासंघले माग गरेको छ। महासंघको तर्फबाट महासचिव राजेन्द्र विक्रम बानियाँले एक विज्ञप्ती जारी गर्दै उद्धार र राहतको काममा तत्काल ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

हिजो बिहान मुग्लिन–नारायण सडकखण्डमा पर्ने पृथ्वी राजमार्गको सिमलतालमा पहिरोमा परि दुईवटा रात्रिबस त्रिसुली नदीमा खसेको थियो । त्यस घटनामा दुख व्यक्त गर्दै दुर्घटनाबाट अपुरणीय क्षति भएको महासंघले जनाएको छ ।

पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको उपचार गर्न सरकारसँग माग गर्दै सरकारले अत्यन्तै सजगता, सक्रियता र जिम्मेवारी बोधका साथ समस्यामा परेका नागरिकको खोजी एवं उद्धार गर्नुपर्ने संघले जनाएको छ । महासंघले जोखिममा रहेका नागरिकको सुरक्षाको प्रवन्ध मिलाउन र पर्याप्त राहत तथा सहयोग उपलब्ध गराउनु पर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया