२३ भाद्र २०८१, आइतबार | September 8, 2024

विश्वासको मत नपाएसँगै ढल्यो प्रचण्ड सरकार


1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाचौं पटक विश्वास मत लिन असफल भएका छन् । मत लिन असफल भएसँगै उनी प्रधानमन्त्रीबाट पदमुक्त भएका हुन् ।

प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भए । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्नेमा प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत र उनको विपक्षमा १९४ मत परेको हो। र मत दिन्न भन्नेमा १ मत परेको छ ।

प्रतिक्रिया