२३ भाद्र २०८१, आइतबार | September 8, 2024

प्रचण्ड सरकार ढल्यो


830
Shares

काठमाडौं, २८ असार । प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । प्रतिनिधिसभामा शुक्रबार विश्वासको मत लिन असफल भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।

प्रचण्डले विश्वासको मतको पक्षमा ६३ मत मात्र पाए । विपक्षमा १९४ र तटस्थ १ जना रहे ।

११ पुस २०७९ मा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । उन पहिलोपटक १६९ सांसदको समर्थन पाएका थिए । चारपटक विश्वासको मत लिन सफल उनी पाँचौपटक असफल भए ।

प्रचण्ड सरकार ढलेपछि नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यसका लागि कानूनविद्हरुसँग परामर्श थालेका छन् ।

प्रतिक्रिया