२३ भाद्र २०८१, आइतबार | September 8, 2024

एमालेले संविधान माँस्न खोजेको प्रचण्डको आरोप


415
Shares

काठमाडौं, २८ असार । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा बोल्दै नेकपा एमालेप्रति आक्रोश पोखे । उनले एमालेले संविधान माँस्न खोजेको आरोप लगाए ।

प्रचण्डले नेपाली काँग्रेसलाई शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण पक्ष भन्दै संविधान जोगाउन आग्रह गरे । तर, उनले एमालेप्रति आक्रोश पोख्दै संविधानै सक्याउने गतिविधि गरेको र विगतमा दुई पटक संसद विघटन गरेको स्मरण गराए ।

समानुपातिक समावेशी व्यवस्था हटाउनेतर्फ नलाग्ने चेतावनी समेत दिए प्रचण्डले । माओवादीलाई किनारा लगाएर संविधान संशोधन नहुने दाबी गरे । उनले संविधानमा समावेशी व्यवस्था हटाउन खोजे सडकमा संघर्ष हुने चेतावनी दिए ।

देश माफियाको हातमा गएको प्रचण्डको टिप्पणी थियो । उनले ठूला अपराध र अनियमितता छानबिन गर्दा सरकारमाथि आक्रमण भएको दाबी गरे ।

प्रतिक्रिया