३ आश्विन २०८१, बिहिबार | September 20, 2024

२ वटा बेपत्ता बस र यात्रु खोज्न त्रिशूलीमा गोताखोर परिचालन


1.3k
Shares

काठमाडौं,२८ असार । नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान खसेको पहिरोले दुईवटा यात्रुसहित बसलाई बगाएको छ । पहिरोले बस त्रिशूली नदीमा खसाल्दा बससहित यात्रुहरु बेपत्ता छन् ।

बेपत्ता भएका दुईवटा बस खोज्न गोताखोर परिचालन भएका छन् । सशस्त्र प्रहरी बलको विपद्‌ व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको हो ।

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।

गणपति डिलक्स बसका तीन जना यात्रुहरुले पनि हामफालेर ज्यान बचाएका छन् ।

प्रतिक्रिया