२२ भाद्र २०८१, शनिबार | September 8, 2024

यूरोकप कस्ले जित्ला ?


2.3k
Shares

एजेन्सी, २७ असार । यूरोकपको फाइनलमा स्पेन र इंग्ल्यान्ड भिड्ने भएका छन् । विश्वकै महँगो फुटबल लिग खेलाउने यी दुई देश लामो समयपछि ठूलो प्रतिष्पर्धाको फाइनलमा पुगेका हुन् ।

इंग्ल्यान्डको प्रिमियर लिग र स्पेनको ला लिगामा विश्वका उत्कृष्ट खेलाडी खेल्छन् । यसकारण पनि यी दुई देशलाई फुटबलको महाशक्ति मानिन्छ ।

स्पेनको टोली युवा छ । १६ वर्षका लामाइन यामालले सेमिफाइनलमा गोल गरेर चर्चा कमाएका छन् ।

इंग्ल्यान्डमा अनुभवी खेलाडी हेरी काने र स्टार वाटकिन रहेका छन् । उनीहरुले खेललाई नै बदलेर इंग्ल्यान्डलाई फाइनलसम्म पुर्याए ।

स्पेन र इंग्ल्यान्ड दुवै बलिया टोली हुन् । दुवै टोलीमा अनुभवी र युवा खेलाडीको समिश्रण छ । अहिलेसम्मको खेल हेर्दा स्पेनको टोली संगठित र आक्रामक देखिन्छ । तर, इंग्ल्यान्ड पनि बलियो टोली भएकाले रोचक भिडन्त हुने देखिन्छ ।

प्रतिक्रिया