२२ भाद्र २०८१, शनिबार | September 8, 2024

टेलिकमको एमडी नियुक्ति प्रक्रिया रोक्कियो


498
Shares

काठमाडौं, २७ असार । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया रोक्किएको छ । अब यही प्रक्रिया अगाडि बढ्ने या नयाँ प्रक्रियामा जाने अन्यौल देखिएको छ ।

मन्त्रिपरिषद्ले टेलिकमको एमडी नियुक्त गर्न खोजेपनि कामु मुख्यसचिवले प्रमाणिकरण गर्न नमानेपछि प्रक्रिया रोक्किएको हो । अर्कोतर्फ, सञ्चार सचिवले पनि प्रक्रिया बढाउन मानेनन् ।
सञ्चारमन्त्री रेखा शर्माले प्रधानमन्त्री प्रचण्डलाई समेत मनाएर आफू अनुकूलको एमडी बनाउने तयारी गरेकी थिइन् । तर, सरकार परिवर्तन हुने भएपछि सबै प्रक्रिया रोक्किएको हो ।

टेलिकम प्रबन्ध निर्देशक नियुक्ति नगर्न सरकार बनाउन तम्तयार भएका नेकपा एमाले र नेपाली काँग्रेसले दबाब बढाएका थिए । एमालेले त विज्ञप्ति नै निकालेर दुरगामी असर पर्ने खालका कुनैपनि निर्णय नलिन भनेको छ ।

टेलिकमको एमडीको प्रतिष्पर्धामा संगिता पहाडी, विमल आचार्य र बुद्धि आचार्य मुख्य प्रतिष्पर्धी थिए ।

प्रतिक्रिया