२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

मोदी-पुटिन अंकमालको सन्देश


1.7k
Shares

एजेन्सी, २५ असार । तेस्रो कार्यकाल प्रधानमन्त्री बनेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो औपचारिक विदेश भ्रमणमा रुसलाई रोजे । उनी यसअघि जी सेभेनको आमन्त्रित अतिथिका रुपमा सहभागी भएपनि कुनै देश विशेषको निम्तो थिएन । मोदीले रुस भ्रमण गरेर महत्वपूर्ण सन्देश दिएका छन् ।

भारतको लोकसभा चुनावमा मोदीको दल भाजपालाई पश्चिमाहरुले तारो नै बनाएका थिए । भारतका पृथकतावादी समूहप्रति उनीहरुको प्रोत्साहनपूर्ण गतिविधि खुलेआम देखियो । यसप्रति मोदीको असन्तुष्टि प्रष्ट देखियो ।

रुस भ्रमणमा मोदीलाई भ्लादिमिर पुटिनले उच्च महत्व दिए । मोदीको नेतृत्व क्षमताको प्रशंशा गरे । उनले मोदीलाई भेट्दा अंकमाल गरे । यो आफैमा अर्थपूर्ण रह्यो । कुटनीतिमा हाउभाउले पनि अर्थ राख्छ । त्यसमाथि मोदी र पुटिनको अंकाल आफैमा सन्देश बनेको छ । मोदीले रुसजस्तो आफ्नो परम्परागत मित्रशक्ति रुससँग व्यापार र सुरक्षा मामलामा अझ प्रगाढ सम्बन्ध बनाएर बढ्ने सन्देश दिएका छन् ।

मोदीको तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न सक्नु संयोग नभएर सफल काम भनी पुटिनले व्याख्या गरे ।

मोदीको दश वर्ष लामो प्रधानमन्त्रीकालमा भारत विश्वको दशौं धनी देशबाट पाँचौंमा उक्लिएको छ । विश्व मञ्चमा भारत सशक्त शक्ति बनेको छ । मोदी विश्वका शक्तिशाली नेतामध्ये बनेका छन् ।

 

प्रतिक्रिया