२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

चिरीबाबुलाई अख्तियारले डाम्न खोज्ने सुमित्रा अमात्य को हुन् ?


2.2k
Shares

काठमाडौं, २१ असार । यतिबेला अख्तियारकी आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको विवाद चर्चामा छ । चिरिबाबुलाई बाढीपहिलो पीडितलाई धापाखेलमा महानगरपालिकाको रकम गैकानूनी ढंगले बाँडेको उजूरीमा बयानका लागि बोलाउन लागेपछि हंगामा भयो ।

चिरिबाबुले पनि चाकुपाटस्थित अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काइदिए । सम्पदा मिचेर पर्खाल र गेट हालेको भन्दै चिरिबाबुले कडा कदम चाले । २०७८ सालमा परेको उजूरीका आधारमा बयानका लागि बोलाइएको हो ।

स्थानीय निकाय हेर्ने अख्तियार आयुक्त अमात्य ललितपुरकी हुन् । गोदावरीका मेयर गजेन्द्र महर्जनमाथि मुद्दा हाल्दा पनि उनकै जोडबल रहेको बुझिएको छ ।

एमाले पृष्ठभूमिकी सुमित्रा अमात्य तुल्सीलाल अमात्यकी बुहारी हुन् । उनी सार्वजनिक जग्गामा बनेको एनजीओ तुल्सीलाल अमात्य प्रतिष्ठानकी सचिव थिइन् । एमालेलाई प्रतिष्ठानको भवनमा कार्यालय राख्न दिइएको छ अहिले । यो पनि अख्तियारको दुरुपयोग हो ।

रुसबाट इञ्जिनियरिङ गरेकी सुमित्रा क्यानडा पनि बसिन् । इञ्जिनियरिङ पढाइन् । एमालेसँग आवद्ध भएकाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आयुक्त भइन् । अब उनको कार्यकाल २ वर्षमात्र बाँकी छ ।

प्रतिक्रिया