३१ भाद्र २०८१, सोमबार | September 17, 2024

ओली-देउवा मिलेपछि प्रचण्डले के गर्लान् ?


996
Shares

काठमाडौं, १८ असार । संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र दोस्रो दल नेकपा एमाले मिलेपछि तेस्रो, चौंथो या अन्य दलको शक्ति स्वतः घटेको छ । दुई ठूला दलको टकरावको फाइदा तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले उठाइरहेको छ । फाइदा उठाउनेमा चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि देखियो ।

तर, सोमबारबाट घटना मोडियो । संसदमा पहिलो र दोस्रो ठूलो दलले सहमति निकाले सत्ता र संविधान संशोधनको । उनीहरुबीच आधा आधा कार्यकाल सरकार चलाउने सहमति बनेको छ ।
पहिले केपी शर्मा ओली डेढ वर्ष प्रधानमन्त्री बन्नेछन् त्यसपछि शेरबहादुर देउवा । यो घटनाले प्रचण्डलाई ठूलो धक्का पुगेको छ ।

प्रचण्ड अब प्रमुख प्रतिपक्षी दलका नेता रहनेछन् । उनी सत्ताबाट टाढिएका छन् । अब उनले काँग्रेस र एमालेबीचको भविष्यमा हुनसक्ने टकरावको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया