९ माघ २०८१, बुधबार | January 22, 2025

दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित निकाल्दै भारतले उचाल्यो टी २० विश्वकप


996
Shares

एजेन्सी, १६ असार । २४ बलमा २६ रन बनाउनुपर्ने थियो दक्षिण अफ्रिकालाई भारतमाथि जितका लागि । डेभिड मिलरले बिष्फोटक ब्याटिङ गरिरहेकाले त्यो सम्भव देखिएको थियो ।

सुर्यकुमार यादवले हेर्नलायक क्याच गरेपछि मिलर आउट भए । त्यसपछि भारतले ७ रनको जित निकाल्दै टी २० विश्वकप क्रिकेटको उपाधि चुम्यो ।

भारतले सुरुमा ब्याटिङ गर्दै १७६ रन बनायो । बिराट कोहलीले सर्वाधिक ७६ रन बनाए । रोहित शर्मा सुरुमै बिष्फोटक ब्याटिङमा उत्रिएपनि आउट भइहाले । दक्षिण अफ्रिकी बलरहरु सामु भारतलाई मुश्किल परेको थियो ।

भारतले १३ वर्षपछि क्रिकेटको अन्र्ताष्ट्रिय उपाधि जितेको छ । जितमा कोहली नायक सावित भए । उनले रोहित शर्मासँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

प्रतिक्रिया