२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

‘पछिल्लो समय धर्म ठगि खाने माध्यम बन्यो’


9.2k
Shares

काठमाडौं,१४ असार । नेपाल तरुणदलका केन्द्रीय सदस्य संजिव गुरुङ्गले धर्म स्वार्थ केन्द्रीत भएको टिप्पणी गरेका छन् । धर्मलाई विभिन्न प्रविधिबाट प्रयोग गरेर स्वार्थ लुटिरहेको उनको भनाइ छ ।

नेपाली पेन डटबाट प्रसारित भएको कार्यक्रम ‘नेपाली पेन बहस’ मा पत्रकार सचिना बानियासँग कुरा गर्दै नेता गुरुङ्गले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘अहिले समाज कतातिर ढल्किरहेको छ,कुन समाजमा छौं भन्ने हाम्रो चिन्ताको विषय हो । निधारमा खरानी घस्दैमा,कपाल लट्टा पारेर रुद्राक्ष लगाउँदैमा बाबा भइहाल्ने, हिन्दु धर्मको पालक भइहाल्ने, कपाल खौरेर पहेलो बस्त्र लगाएर छोइ पढ्ने बित्तिकै विद्धान गुरु भइहाल्ने,कपाल खौरेर टुपी पालेर सेतो वस्त्रधारण गर्ने वित्तिकै पडित पुरोहित भइहाल्ने एउटा समाज छ, वस्त्रका आधारमा कसैलाई धार्मिक गुरु भन्न हुँदैन् । यो त उनीहरुको जीवन धान्ने तरिकामात्र हो, लुटी खाने बहानामात्र हो ।’

धर्मले समाजमा शान्ति कायम गर्ने, आम नागरिकहरुमा चेतना फैलाउने,समाजलाई हत्या हिंसाबाट टाढा राख्नुपर्ने हो तर त्यसको ठिक उल्टो विश्वभर काम भइरहेको उनले दाबी गरे । विश्वका ५२/५४ वटा इशाइ देशहरुले आतंक नगर, शान्ति राख भन्ने तर अल्लाले खटाएको भन्दै बम पड्काएर मान्छे मार्ने काम भइरहेको पनि युवा नेता गुरुङ्गले सुनाए ।

धर्मको नाममा भइरहेका विभिन्न अनावश्यक काम आजै बन्द गर्नुपर्ने उनको आशय थियो । समाजमा देखिएको धर्मलाई धर्म भन्नै नमिल्ने उनले तर्क गरे । ‘आफ्नो स्वार्थ पुरा गर्न बनाइएको प्रपञ्च हो । ताकी ठग्न सकियोस् हरेक वस्त्र लगाएर ठग्न सकोस् धर्म परिवर्तनको वहानामा ल्याएको पैसा पनि सोझा सोझालाई अलिअलि छरेर आफैले धेरै राख्ने, मन्दिरमा बुझाएका दक्षिणा पनि थोरै दानपेटीका हालेर धेरै आफ्नै घरतिर लैजाने ।’ उनले भने,‘ठुला ठुला महल बनाउन आएका पैसामा पनि घोटला नै भएको देखिन्छ । न त नीति छ, न यहाँ धर्म छ न यहाँ कसैले धर्म गरेका छन् न कर्म गरेका छन् यो सत्य हो ।’

भिडियो हेर्नुहोस्

प्रतिक्रिया