जलमग्न विराटनगर
 
    विराटनगर, १२ असार । अविरल वर्षाका कारण आएको बाढीले विराटनगर र आसपासका क्षेत्र जलमग्न भएको छ । गएरातिको वर्षाले नदीहरुमा बहाब बढ्नुका साथै वर्षाको पानी जम्मा हुँदा जलमग्न भएको हो ।
बाढी र डुबानले जनजीवन प्रभावित भएको छ । मानिसहरु घरबाट सायदै निस्किएका छन् ।



 
        
        