८ आश्विन २०८१, मंगलबार | September 24, 2024

आँप र लिच्चीको तत्काल विषादी परीक्षण गर्न सांसद विकको माग


1.5k
Shares

काठमाडौं,११ असार । प्रतिनिधि सभा सदस्य रुपा विकले आँप र लिच्चिमा राखिएको विषादी तत्काल परीक्षण गर्न माग गरेकी छिन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद विकले फलफुल आम जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकोले यसमा सरकारले गम्भिरतापुर्वक लिनु पर्ने बताइन् ।

“आजभोलि जताततै आँप र लिच्ची देखिन्छ, तर यी फलफुलहरुमा कति विषादी छन्,यसको सेवनले मानिसको स्वास्थ्यमा कति असर गरिरहेको छ भनी सरकारले परीक्षण गरेको खोइ ? ”–उनले भनिन् ।

आँप फलहरुको राजाको रुपमा चिनिन्छ र यो सिजनमा बजारमा छ्याप्छ्याप्ती पनि पाइन्छ । हरेक घरघरमा आँप र लिच्ची पुगेका छन् । कलिलै मा टिपेर विषादीको प्रयोगबाट आँप र लिच्चीले बजारमा रजगज जमाएको भन्दै विकले त्यसको परीक्षण सरकारले तत्काल गर्नुपर्नेमा जोड दिइन् ।

भारतीय सस्ता मुल्यका आँपले नेपाली बजार ढाकेको उल्लेख गर्दै सांसद विकले नेपाली कृषकले उत्पादन गरेका आँपले बजार पाउन नसकेको सुनाइन् । यसको वैधानिकता नभएकै कारण कृषकले वर्षेनी आफ्नो उत्पादनलाई नष्ट गर्नुपर्ने अवस्था रहेको भन्दै उनले भनिन्,“यसमा दोष कसको ? नेपाली कृषकको उत्पादनले बजार र भाउ नपाउने,नेपालीहरुले नेपालकै उत्पादन उपभोग गर्न नसक्ने, यसको अन्त्य कहिले होला ?”

सांसद विकले बजारमा बिक्रि वितरण गरिएको आँप र लिच्चीको तत्काल विषादी परीक्षण गर्न, भारतीय सस्तो आँपको आयातलाई न्युनिकरण र निर्यातमा रणनैतिक पहलकदमी गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया