३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सुशील प्याकुरेलले किन गरे राजदूत पद अस्वीकार


166
Shares

काठमाडौं, १० असार । सुशील प्याकुरेल मानवअधिकारवादी भनिएपनि नेकपा एमाले निकट हुन् । उनको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि निकट सम्बन्ध छ । प्याकुरेल हालैमात्र दक्षिण कोरियाका लागि राजदूतका रुपमा सिफारिश भए त्यो पनि प्रचण्ड नेतृत्वको सरकारबाट ।

प्याकुरेल प्रचण्डका कटु आलोचक हुन् । उनै प्रचण्ड सरकारबाट राजदूत नियुक्त हुनु रोचक हो ।

प्याकुरेल मानवअधिकारवादी संस्था इन्सेकका संस्थापक हुन् । इन्सेक पश्चिमा देशका आइएनजीओको आर्थिक सहयोगमा सञ्चालित छ ।

प्याकुरेल पछिल्लो समय नागरिक अगुवाको नाममा कनकमणि दिक्षितसहित छिमेकी देशहरुको विरोधमा विज्ञप्ति निकालिइरहन्छन् । यो कूटनीतिज्ञका लागि सुहाउँदैन । त्यसकारण पनि उनी राजदूत नियुक्त भएकोमा आलोचना भएको थियो ।

राजदूत बन्ने व्यक्ति देश विशेषको विरोधमा उत्रन मिल्दैन । यस्तो पृष्ठभूमिले पनि प्याकुरेल राजदूत बन्न योग्य नभएको विश्लेषण भएको थियो ।

आफू प्रचण्ड सरकारबाट राजदूत बनेकोमा आलोचना हुने र छिमेकको विरोधमा समय खर्चिएको विषय उठ्ने भएकाले उनले राजदूत पद अस्वीकार गरेर महानता देखाउन मात्र खोजेका हुन् ।

प्रतिक्रिया