७ आश्विन २०८१, सोमबार | September 24, 2024

‘मानवतावाद भन्दा ठुलो कुनै धर्म छैन’


7.1k
Shares

काठमाडौं,७ असार । विज्ञहरुले मानवतावाद नै उत्तम धर्म रहेको उल्लेख गर्दै पूर्विय दर्शनको अनुसन्धनमा लाग्नुपर्नेमा जोड दिएका छन् । धर्म, संस्कृति र संस्कार संरक्षणको बिषयमा जय नेपाल फाउण्डेसनले आयोजना गरेको बैचारिक वहसमा सहभागीहरुले मानवतावाद भन्दा ठुलो अर्को कुनै धर्म नरहेको निश्कर्ष निकाल्दै पुर्विय दर्शनको वहस प्रारम्भ गर्न ढिला गर्न नहुने निश्कर्ष निकालेका हुन ।

कार्यक्रममा राजनीतिक विश्लेषक तथा अभियन्ता लोकेश ढकालले सत्ता केन्द्रीत तरंगमा रमाउनेहरुको भिडका कारण बिचारको वहस कमजोर वनेको उल्लेख गर्नुभयो । संविधानमा धर्मनिरपेक्षता उल्लेख गरेर गम्भिर भुल भएको भन्दै ढकालले वैदिक सनातन धर्मको संरक्षणमा नलाग्ने हो भने नेपाल र नेपालीको पहिचान नै संकटमा पर्न सक्नेतर्फ वेलैमा सचेत बन्नुपर्ने वताउनुभयो । धर्म संस्कृति राष्टियतासंग समेत जोडिएको बिषय रहेकोमा जोड दिदै ढकालले आफ्नो राजनीतिक भविश्य हेरेर वोल्ने प्रवृत्ति छोडेर सनातन धर्मको बिषयमा सबैले निर्धक्क बोल्न सक्नुपर्ने र १२ वुँदे पछिका सबै एजेण्डामा खुला छलफल गर्न तयार हुनुपर्ने उल्लेख गर्नुभयो ।

पुर्व सांसद शोभाकर पराजुलीले धर्मः कर्म र व्यवहारमा निर्भर रहने वताउदै कुनै पनि राष्टको धर्म नहुने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद रन्जित कर्णले धर्मलाई आर्थिक उन्नयनसग जोड्नु पर्नेमा जोड दिदै पुर्विय दर्शन नै हाम्रो धर्म संस्कृति र सस्कारको मुल आधार रहेको उल्लेख गर्नुभयो । पुर्विय दर्शनलाइ परिस्कृत र सुसस्कृत बनाउदै जानुपर्ने तथा यसको वहसलाइ व्यापक बनाउनुपर्ने कर्णको भनाइ थियो ।

प्राध्यायक डा.शान्तिकृण्ण अधिकारीले सबै जातजातिले मानेको धर्म नै नेपालको सनातन धर्म रहेको उल्लेख गर्दै सनातन धर्म सस्कृति र सस्कार फालेर पहिचानको संरक्षण हुनै नसक्ने वताउनुभयो । संविधानमा धर्मनिरपेक्षता कहाँवाट आयो भन्ने प्रश्न गर्दै अधिकारीले धर्म सस्कृति परम्परा जोगाएनौ भने हामि राष्टवादी र देशभक्त पनि हुन नसक्ने जिकिर गनुभयो । धर्म परिवर्तनको लहर डरलाग्दो देखिएको भन्दै उहाँले यसमा सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधव पाण्डेले धर्म माथि प्रहार र वाह्य हस्तक्षेप स्विकार्य नरहेको उल्लेख गर्दै सस्कृत र नैतिक शिक्षाको कमिले समाजिक मुल्य मान्यता ह्स हुदै गएको वताउनुभयो । धर्मलाइ मानवतासँग जोड्नुपर्नेमा पाण्डेको जोड थियो । यस्तै नेपाली कांग्रसकी नेतृ रिना उप्रतीले धर्मले समाजलाइ डोहोर्याउनु पर्ने उल्लेख गर्दै धर्म मानव कल्याणसँग जोडिनुपर्ने र धर्मका कारण समाज बिखण्डन नहोस भन्नेमा सबै सचेत बन्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

राष्टिय सभाकि सांसद विष्णु कुमारी सापकोटाले धर्म तथा पापको ख्यालै हुन छाडेको र समाज अराजकतातर्फ उन्मुख भएकोमा चिन्ता व्यक्त गर्नुभयो । नराम्रो गरे पापलाग्छ भन्ने मान्यता हराउदा विश्वासको संकट उत्पन्न भएकोमा सापकोटाले आश्चर्य प्रकट गर्नुभयो । विश्लेषक प्रमोदहरि गुरागाईले आर्थिक पक्षले धेरै कुरा निर्धारण गर्ने हुँदा भाग्यवादमा भन्दा कर्ममा विश्वास गर्नुपर्ने उल्लेख गनुभयो ।

कार्यक्रममा अधिवक्ता।रुद्र कन्दड्वा तथा प्रकाश रावल अर्थशास्त्री भावुक न्यौपाने, युवा नेता पुष्प शाही, अर्जुन कुमार पौडेल, ज्ञानु तिमल्सेना, गणेश राज भट्ट लगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा फाउण्डेसनका अध्यक्ष वद्री अर्याल र सस्थापक सदस्य विजुला वर्माले संस्थाको बिषयमा जानकारी दिनुभएको थियो ।

वहशमा युवा नेताहरु सन्तोष खनाल,प्रविण तिमिल्सेना,उत्तम मिश्र र फाउण्डेसनका सदस्य सचिव विजयराज अधिकारीको उपस्थिति रहेको थियो । जय नेपाल फाउण्डेसनले जनतामा व्याप्त निराशा र अवको कार्यदिशा अन्तर्गत रहेर हरेक सुक्रवार विभिन्न विषयमा बैचारिक वहस संचालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया