२२ भाद्र २०८१, शनिबार | September 8, 2024

अन्तर्राष्ट्रिय योग दिवस उत्सव


332
Shares

काठमाडौं, ७ असार । अन्तर्राष्ट्रिय योग दिवस उत्सव भव्य रुपमा मनाइएको छ । प्रत्येक वर्ष २१ जूनमा योग दिवस विश्वभर मनाइन्छ ।

भारतले अघि सारेको र १७५ सदस्य राष्ट्रले समर्थन गरेको प्रस्तावको आधारमा सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेको थियो ।
देशभर योग दिवस मनाइएको छ । विभिन्न राजनीतिक दल, सामाजिक संस्थाले योग दिवस मनाएका हुन् ।

काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतको महावाणिज्य दूतावासले काठमाडौं, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगंज, हेटौंडा, गौर र पोखरियासहित नेपालका १० वटा शहर र नगरपालिकामा शृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेका थिए ।

प्रतिक्रिया