३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बुद्ध जन्मभूमि लुम्बिनीमा योग प्रदर्शनी


249
Shares

काठमाडौं, ६ असार । भगवान् बुद्ध जन्मभूमि लुम्बिनीमा भव्य योग प्रदर्शन गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा बिहिबार भगवान् बुद्धको पूज्य जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा बृहत् योग प्रदर्शनको आयोजना गरेको हो ।

अन्तर्राष्ट्रिय योग दिवसको स्वयम् र समाजका लागि योग’ नाराका साथ योग प्रदर्शनी आयोजना भएको हो ।

योग प्रदर्शनीमा लुम्बिनीका मुख्यमन्त्री जोख बहादुर महरा प्रमुख अतिथिको रुपमा उपस्थित भए ।उनले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा र भारत–नेपाल साँस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय राजदूतावासलाई धन्यवाद दिए । उनले अझ स्वस्थ र सन्तुलित समाजको निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी चेतना जगाउन मद्दत गर्ने बताए ।

लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारी र त्यसै क्षेत्रका ९०० जना भन्दा बढी योगमा अभिरुचि राख्नेहरुले कार्यक्रममा सहभागीता जनाएका थिए ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेपछि योग एउटा ग्लोबल फेनोमेनन बन्न पुगेको बताए । उनले शान्ति र सद्भावको प्रतीक लुम्बिनीको पवित्र भूमिले योगको अनन्त अभ्यासलाई उत्सवको रुपमा मनाउनका लागि उपयुक्त वातावरण प्रदान गरेको बताए । । राजदूतले भारतीय राजदूतावासले हरेक वर्ष लुम्बिनी विकास कोषसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय योग दिवस लुम्बिनीमा मनाउने पनि बताए ।

कार्यक्रम भारतीय राजदूतावासले १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन नेपालका विभिन्न सहरमा आयोजना गरेको कार्यक्रमहरुको श्रृङ्खलाकै एक हिस्सा रहेको उल्लेख छ ।

भारतीय राजदूतावासले १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरा महानगरपालिकासँग सहकार्य गर्दै पोखरा रङ्गशालामा शुक्रबार ठूलो योग प्रदर्शनको आयोजना गर्ने बुझिएको छ ।

प्रतिक्रिया