पेट्रोल, डिजेल तथा मट्टितेलको भाउ घट्यो

काठमाडौं,२ असार । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपियाँ घटाएको हो ।
निगम सञ्चालक समितिको शनिबार बसेको बैठकको निर्णयअनुसार इन्धनको मूल्य घटाउने निर्णय भएको हो । नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू भइसकेको निगमले जनाएको छ ।