७ आश्विन २०८१, सोमबार | September 24, 2024

नुवाकोट कांग्रेसको २ धारको पारिवारिक द्धन्द्धले संगठन कमजोर,नेतृत्व परिवर्तन आवश्यकः नेता गुरुङ


22.5k
Shares

काठमाडौं,१ असार । नेपाली कांग्रेस निकट नेपाल तरुण दल केन्द्रीय सदस्य संजिव गुरुङ्गले नुवाकोटको दुई धारको राजनीति अन्त्य हुनुपर्ने टिप्पणी गरेका छन् । आइतबार (भोलि) एकैदिन एकै समयमा केसी र महत दुवै धारले एकै प्रकारको कार्यक्रम आयोजना गरेको भन्दै गुरुङ्गले त्यसको परिणाम खतरा हुने चेतावनी दिएका छन् ।

उनले लेखेका छन्,“नेपाली कांग्रेस नुवाकोटको २ धार एउटाले कर्यक्रम गरेको दिन अर्को ले पनि दाशहरुको भिड जम्मा गर्ने परम्परा एतिकै राख्ने हो ? बेलैमा सचेत होस् । २ धार पारिवारिक रुपमा सफल भैं सकेको छ आफ्नो हैसियत बनाउन ४० बर्षको कमाउ धन्दाले अब जनता बुझ्ने भैं सकेको छ चेतना होस् नत्र ॐ नम स्वाहाँ होला ।”

नुवाकोटमा कांग्रेसको राजनीतिमा शीर्ष नेताहरु अर्जुन नरसिंह केसी र डा.रामशरण महत परिवारको दबदबा रहेको छ । युवा नेता गुरुङ्गले नुवाकोट कांग्रेसभित्र शक्तिशाली दुई धारको पारिवारिक द्धन्द्धले संगठन कमजोर हुँदै गएको र नेतृत्व तत्काल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । त्यहाँ वर्षौदेखि दुई परिवारमा राजनीति सिमित भएको भन्दै युवामाझ अब त्यो घेराबन्दी तोड्नुपर्ने आवाज उठिरहेको छ ।

प्रतिक्रिया