२३ भाद्र २०८१, आइतबार | September 8, 2024

भारतको सहयोगमा निर्माण हुने प्यूठानको दाङ–बाङ मावि भवनको शिलान्यास


249
Shares

काठमाडौं, १ असार । भारतको सहयोगमा निर्माण हुने प्यूठानको ऐरावती गाउँपालिका–१ स्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय एवम् छात्रावास भवनको शुक्रबार शिलान्यास भएको छ । ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव प्रशान्त कुमार सोनाले निर्माण हुने भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड ३९ लाख आर्थिक सहयोगमा यो परियोजनाको निर्माण गरिने जनाइएको छ । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय एवम् छात्रावास भवनको निर्माणमा उपयोग गरिने उल्लेख छ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको जनाइएको छ । परियोजनाको कार्यान्वयन ऐरावती गाउँपालिका, प्यूठानमार्फत गरिने जनाइएको छ ।

शिलान्यासपछि बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

प्यूठानको ऐरावती गाउँपालिकास्थित श्री दाङ–बाङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा र आवास सुविधा प्रदान गर्न विद्यालयको नयाँ विद्यालय एवम् छात्रावास भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया