९ माघ २०८१, बुधबार | January 22, 2025

बाबुरामलाई प्रचण्डबाट अर्को झड्काः गण्डकीका मन्त्री देवकोटा पदमुक्त


913
Shares

काठमाडौं, ३२ जेठ । चितवनमा रवि लामिछानेको क्रेज बुझेर माओवादी अध्यक्ष प्रचण्डले सुरक्षित निर्वाचन क्षेत्र खोजिरहेका थिए । ठिक त्यही बेलामा बाबुराम भट्टराई पनि अप्ठ्यारोमा थिए ।

गोरखामा बाबुराम चुनाव हार्ने खतरा बढिरहेको थियो । काठमाडौंमा उनी छोरी मानुषीलाई चुनाव लडाउन चाहन्थे । आफ्ना पुराना सहकर्मी प्रचण्डसँग बाबुरामले भद्र सहमति बनाए ।

बाबुरामको दल नेपाल समाजवादी पार्टीले माओवादी चुनाव चिन्ह लड्ने तर पार्टी उनकै हुन् । मानुषी काठमाडौंबाट चुनाव लडिन् । गण्डकी प्रदेशको गोरखामा बाबुरामका विश्वासपात्र फडिन्द्र देवकोटाले माओवादीको चुनाव चिन्हमा जिते ।

पछिल्लो समय गण्डकी प्रदेशमा नयाँ खेल भयो । सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा बाबुरामका विश्वासपात्र देवकोटाले मत दिए । उनी मन्त्री पनि भए । तर, माओवादीले फ्लोर क्रस भन्दै देवकोटालाई कारबाही गरेको छ ।

गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा सभामुखले देवकोटा सांसद पदबाट मुक्त भएको पत्र पढेर सुनाए । यसरी प्रचण्डले विगतमा भएको भद्र सहमति तोडे । बाबुरामलाई धोका दिए ।
यसअघि महेन्द्र राय यादवलाई माओवादीमा तानेर धोका दिइसकेका छन् प्रचण्डले । यादवलाई तानेनन् मात्र नेसपा नै फुटाइदिए ।

विगतमा प्रचण्डलाई साथ दिनुको जवाफ पाए बाबुरामले । उनलाई ठूलो झड्का लागेको छ ।

प्रतिक्रिया