ताप्लेजुङ पहिरो : एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं,३२ जेठ । ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएका छन्।
पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो।
यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीय छोरी घाइते भएका छन्।