आन,नान मिडिया सोसाइटी र मिडिया एलायन्सद्धारा सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं।३१ जेठ । नेपाल विज्ञापन संघ (आ),राष्ट्रिय विज्ञापन संघ नेपाल (नान), नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्सको आचारसंहिता सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आज बुधवार नेपाल विज्ञापन संघका महासचिव कृष्ण प्रसाद घिमिरे, राष्ट्रिय विज्ञापन संघ नेपाल९नान०का महासचिव आशिष खड्का, नेपाल मिडिया सोसाइटीका महासचिव मदन लम्साल र मिडिया एलायन्स नेपालका महासचिव दिरेकलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थाप, राष्ट्रिय विज्ञापन संघ नेपालका धर्मेन्द्र काजी श्रेष्ठ, नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कडेल र मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकारसहितको उपस्थितिमा हस्ताक्षर कार्यक्रम गरिएको हो ।
विज्ञापन एजेन्सीहरुका छाता संगठन र मूलधारका मिडिया संस्थाहरूका छाता संगठनहरुकाबीचमा आचारसंहिता लागु गर्न एउटा व्यावसायिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
विज्ञापन सम्बन्धी कारोबार व्यवस्थापन तथा अनुगमन कार्यविधि बनाएर लागू गर्ने जनाइएको छ । सरकारी निकायहरूले गर्ने विज्ञापन बापत सरकारी ढुकुटीबाट जुन खर्च भइराखेको छ त्यसमध्ये सञ्चार माध्यमले पाइरहेको रकम अत्यन्तै न्यून छ । अधिकांश रकम अनुचित तवरबाट बिचैमा गायब भइराखेको जनाएको छ ।
सरकारका कतिपय नीति जसले स्वास्थ्य, शिक्षा, बिमा क्षेत्रमा मिडियामा गरिने विज्ञापनमाथिको खर्चको सीमा तोक्ने, मदिरालगायत कतिपय क्षेत्रका विज्ञापनमा प्रतिबन्ध लगाउने कार्यले करोडौँ लगानीमा खुलेका र लाखौँलाई रोजगारी प्रदान गरिरहेका मिडियाहरू आर्थिक रूपमा धराशायीजस्तै बन्न पुगेका छन् ।
अहिले मिडिया निर्बाध रूपमा चल्ने वातावरण बनाउने काम माथि उल्लिखित सबैको हो र विज्ञापन व्यवसाय र मिडियालाई मर्यादित बनाउन सकेनौँ भने भोलि ठुलै समस्या आउन सक्ने बताइएको छ ।
उक्त व्यावसायिक साझेदारीको सम्झौता पत्रको एउटा प्रमुख उद्देश्य मूलधारका सञ्चारमाध्यमहरूमा विज्ञापन कारोबार गर्दा विज्ञापन कारोबार गर्नका लागि सम्बन्धन प्राप्त विज्ञापन व्यावसायिक संस्था ९एजेन्सी० सँग मात्र व्यावसायिक कारोबार हो । यसले विज्ञापन दररेटमा जथाभाबी चलिरहेको विकृतिलाई रोक्नेछ र स्वस्थ प्रतिस्पर्धासहित विज्ञापन व्यवसायी तथा सञ्चारमाध्यम�

