३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मुख्यसचिव अर्यालले सचिव हुँदा किन दिएका थिए पीआरधारीलाई नियुक्ति


249
Shares

काठमाडौं, ३० जेठ । मुख्यसचिव बैकुण्ठ अर्यालले सञ्चारसचिव हुँदा पीआरधुारी विकल पौडेललाई सुरक्षण मुद्रण केन्द्र जस्तो संवेदनशील ठाउँमा नियुक्ति दिलाउन भूमिका खेले । पौडेल नेपालको इतिहासमै सबैभन्दा धेरै विषयमा भ्रष्टाचार गर्ने व्यक्तिमा दर्जन छन् । उनीमाथि अख्तियारले धारावाहिक रुपमा मुद्दा दर्ता गरिसकेको छ । कतिपयमा दोषी ठहर भइसके ।

पीआरधारी विकल पौडेलसँग मुख्यसचिव अर्यालको साँठगाँठ खुल्दै आएको छ । तर, उनले आफूमाथि मुद्दा रोक्न सफल भइरहेका छन् । पीआरधारी विकल पौडेललाई यस मामलामा पनि मुद्दा हालिएको छ । तर, उनलाई नियुक्ति दिलाउने अर्यालमाथि भने उन्मुक्ति दिन खोजिएको छ ।

अख्तियारले पीआरधारी कर्मचारीमाथि छानविन र कारबाही अगाडि बढाउन खोजेपछि कर्मचारीवृत्तमा तरंग आएको छ । यसले अर्याल पनि आत्तिएका छन् । उनको पालामा पीआरधारीले सुरक्षण मुद्रण जस्तो संवेदनशील ठाउँमा कार्यकारी निर्देशकको नियुक्ति पाएका थिए ।

विकल पौडेलले देशको सूचना प्रविधि क्षेत्रमा आतंक नै मच्चाएको र ठूलो भ्रष्टाचार गरेको खुलिसकेको छ । मुख्यसचिव अर्यालको पनि उनीसँगको साँठगाँठका कतिपय तथ्य भेटिएपनि कारबाही किन बढेन चासो बनेको छ ।

प्रतिक्रिया