३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भरत ताल बनाउने भरत थापामाथि भ्रष्टाचारको एकपछि अर्को मुद्दा


2.2k
Shares

काठमाडौं, २९ जेठ । सर्लाहीको बागमती नगरपालिकामा भरत ताल बनाएर चर्चामा आएका पात्र हुन् भरत थापा । नेकपा माओवादी केन्द्रबाट चल्तापुर्जा मेयरका रुपमा परिचित थिए भरत । उनले बागमती माछा पोखरी बनाउँदा ठूलै लाभ लिएको खुलेको छ अहिले ।

बागमती नगरपालिकामा उक्त माछा पोखरी अहिले भरत तालका नामले चर्चित छ । ताल निर्माण गर्दा भ्रष्टाचार भएको विषय उठ्दै आएको थियो ।

मेयर थापामाथि भ्रष्टाचारको मुद्दा केही महिना अघि दायर भइसकेको छ । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको केही महिनामै उनीविरुद्ध भरत ताल बनाउँदा उत्खनन भएको ढुंगा गिट्टीलगायत नदीजन्य पद्धार्थमा झण्डै २७ करोड हानीनोक्शानी गराएको अख्तियारको आरोप छ । अख्तियारले यही आरोपका साथ भरत थापासहित बागमतीका उपप्रमुख लीलाकुमारी मुक्तान, प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेलसमेत ६ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया