१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बलात्कार मुद्दामा पूर्वन्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय


664
Shares

काठमाडौं,२९ जेठ । पूर्वन्यायाधीश भुवन गिरी जबरजस्ती करणीमा दोषी ठहर भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीस दुर्गा भुसालको इजलासले पुर्व श्रीमतीको इच्छा विपरित शारिरीक सम्पर्क गरेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो ।

अदालतले उनलाई ३ लाख रुपैयाँ क्षतिपुर्ति भराउने पनि फैसला सुनाएको छ । क्षतिपुर्ति भराउने रकम भने तिनै महिलाले पाउनेछिन् । गिरीलाई गत जेठ १३ गते जिल्ला अदालतले दोषी ठहर गरेको थियो । सोही फैसलाको आइतबार सजाय निर्धारण गर्दै जरिवाना तोकेको हो ।

गिरी हाल पनि सर्वोच्च अदालतको आदेशले प्रहरीको हिरासतमै छन् । श्रीमतीसँग सम्बन्ध विच्छेद गरेपनि ति महिलाले आफूलाई जबरजस्ती गरेको भन्दै मुद्दा दर्ता गराएकी थिइन् । मुद्दाकै कारणले गिरीले न्यायाधीस पदसमेत गुमाइसकेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया