१२ श्रावण २०८१, शनिबार | July 27, 2024

दिल्लीमा प्रधानमन्त्री प्रचण्डले क कस्लाई भेटे


747
Shares

काठमाडौं, २८ जेठ । नरेन्द्र मोदीले प्रधानमन्त्री बनेर ह्याट्रिक गरेको सपथ समारोहमा विश्वका कतिपय नेता दिल्ली पुगे । विशेषगरी दक्षिण एशियाका पाकिस्तान र अफगानिस्तानबाहेकका सबै नेता पुगे ।

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड पनि आइतबार दिल्ली गए । उनले आइतबार राति नै मोदीसँग भेटवार्ता गरे । दुई नेताबीचको भेटमा साथ साथ विकासमा बढ्नेबारे छलफल भएको बुझिएको छ ।

प्रचण्डले सोमबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरे । भेटमा दुई देशबीचको सहकार्यका बारेमा छलफल भएको जनाइएको छ ।

मोदी तेस्रोपटक प्रधानमन्त्री भएपछि प्रचण्डले सहकार्यका क्षेत्रबारे पनि छलफल गरेको बुझिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया