२८ भदौ २०८३, आइतबार | September 13, 2026

समाजसेवी भट्टराईको निधनले ताप्लेजुङ्ग वासीलाई अपुरणीय क्षति


1.7k
Shares

काठमाडौं,२८ जेठ । तत्कालिन ताप्लेजुङ्ग मानवअधिकार संगठनका संस्थापक अध्यक्ष, हाल भट्टराई वंश प्रतिष्ठानको संस्थापक अध्यक्ष टिकादत्त भट्टराईको ८९ वर्षको उमेरमा निधन भएको छ । हाल सोही प्रतिष्ठानको संरक्षकको रुपमा रहेका भट्टराईको ८९ बर्षको उमेरमा १७ जेष्ठ २०८१ बिहीबार दुखद निधन भएको हो ।

ताप्लेजुङ्ग‌ जिल्ला साविक हाङ्देवा गा.वि.स. वडा नं ४ हाल फुड्लिङ नगरपालिका–९ निवासी पिता स्व.अंगिरथ भट्टराई तथा माता स्व.लक्षिमा भट्टराईको कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्मिएका स्व.भट्टराईले वाल्यकालमा नै वाराणासी गएर संस्कृत शिक्षा हासिल गरि पुनः हाङ्देवामा फर्केर जनता माध्यमिक बिधालय स्थापना गरि त्यसको अध्यक्षको रुपमा लामो समय सम्म सेवा गर्नुभएको थियो ।

१६ बर्षसम्म तत्कालिन हाङ्देवा पंचायतका प्रधानपंच,तत्कालिन ताप्लेजुङ्ग जिल्लाको प्रौढ संगठन जिल्ला सभापति, तत्कालिन ताप्लेजुङ्ग मानवअधिकार संगठनका संस्थापक अध्यक्ष हुँदै स्व.भट्टराई कुशल राजनितिज्ञ,समाजसेवी, मानवअधिकारबादी र सबैका प्रिय अभिभावकको रुपमा पनि परिचित हुनुहून्थ्यो ।

स्व.भट्टराईका एक पत्नी, ५  छोरी र ५ छोरा सहित २१ जना नाति नातिनाहरु र ७ जना पनाती पनातिनाहरु छन् । उहाँ ग्रेटर रेडिंग नेपाली समाजका कार्यसमिति सदस्य दुर्गा ढकालको बुबा समेत हुनुहुन्छ ।

उहाँको निधनले परिवार शोकमा डुबेको छ । उहाँको निधनले परिवारसहित ताप्लेजुङ्ग‌ र हाङ्देवाबासीलाई समेत अपुरणिय क्षति पुगेको छ ।

 

प्रतिक्रिया