१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कति वर्ष पुगे महानायक राजेश हमाल ?


830
Shares

काठमाडौं, २७ जेठ । पाल्पाको तानसेनमा २०२१ साल जेठमा जन्मिएका महानायक राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन् । उनको आज ६०औं जन्मदिन हो ।

आफ्नो जन्मदिनको अवसरमा हमालले श्रीमतीसहित गुरुकुलमा विद्यार्थी र गुरुहरुसँग मनाएको तस्बिर सार्वजनिक गरेका छन् । जन्मदिनको मौकामा उनले गुरुहरुलाई टिका लगाइदिएको पनि देख्न सकिन्छ ।
हमालको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्। उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको लागि धेरै पुरस्कारहरूले सम्मानित भइसकेका छन् जसमा राष्ट्रिय चलचित्र पुरस्कार (१९८८–२०१४) रहेको छ। उनलाई यसै कारण महानायक भन्ने गरिएको छ।

अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि उनको सहभागिता रहेको छ। उनले अहिलेसम्मकै रोमान्चक भूमिकामा चलचित्र ’सकुन्तला’मा एउटी सशक्त महिलाको भूमिका निभाएका छन्। उनी एक सम्पन्न नेपाली परिवारमा जन्मिएका हुन् । उनका पिता विभिन्न देशका लागि नेपालको तर्फबाट राजदुत भएका थिए । राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम. ए अङ्ग्रेजी) भारतको पञ्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए ।

महानायक हमालले सर्वप्रथम सन् १९८५ मा भारतको फेसन नेट म्यागजिनमा र सन् १९८६ मा नेपालको काठमाडौँमा ¥यापमा हिँडेर ग्ल्यामरमा प्रवेश सुरू गरेका थिए । १७० भन्दा बढी नेपाली र १ पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन् । आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन् । राजेशको जीवनमा धेरै जनासँग नाम जोडिए पनि (सन् २०१४) मात्र मधु भट्टराईसँग विवाह बन्धनमा बाँधिएका हुन् ।

 

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया