१२ श्रावण २०८१, शनिबार | July 27, 2024

खातुन केयर फाउन्डेशनको सहयोगमा कन्फिडेन्स नेपालद्धारा ७० विद्यार्थीलाई परामर्श


1.3k
Shares

काठमाडौं,२७ जेठ । उच्च शिक्षाका लागि देश भरबाट काठमाडौं आएका करिव ७० जना विद्यार्थीहरुलाई परामर्श दिइएको छ ।

कक्षा १० र १२ उत्तिर्ण गरेर राजधानी आएका विद्यार्थीहरुलाई शनिबार खातुन केयर फाउन्डेशन नेपालको सहयोगमा कन्फिडेन्स नेपालले परामर्श सहित प्रमाणपत्र पनि वितरण गरेको हो ।

परामर्श कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नेपाली कांग्रेसका युवा नेता अबुल हुसेन अन्सारीसहितले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

सो परामर्श कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफु जीवनमा कस्तो व्यक्तित्व बन्न चाहाने हो र जीवनमा कस्तो प्रकारको शिक्षा हासिल गरेर आफ्नो उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ भन्ने जानकारी पाएका थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया